
३० वैशाख, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठन गरिएका कार्यदलले जेनजी आन्दोलनका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको उक्त कार्यदलले शुक्रबार दुई फरक पत्र मार्फत २९ जना जेनजी आन्दोलनका अगुवाहरुलाई छलफलमा सहभागी हुन अनुरोध गरेको छ। पत्रमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म छलफल गर्ने उल्लेख गरिएको छ।
उक्त प्रक्रियामा प्रत्येक वक्तालाई ३ मिनेट बोल्ने समय दिइएको छ। छलफलमा बोलाइएका जेनजी प्रतिनिधिहरुमा रक्षा बम, उपार्जुन चाम्लिङ, तनुजा पाण्डे, माजिद अन्सारी, अर्णव चौधरी, रिजन रानामगर, अमृता वन, युजन राजभण्डारी, प्रभाष बस्नेत, पेमा वाङ्गबु, टंक जैसी, यादव अर्याल, यतिश ओझा, जनक पोखरेल, आयुष बस्याल, सुदीप सेठ, अरुणसिंह नेपाली, विप्लवी न्यौपाने, सांकेन राई र मोनिका निरौला रहेका छन्। अर्को पत्र मार्फत लक्ष्मी घिमिरे, मोनिषा चौधरी, प्रज्वल विक्रम राणा, अमित खनाल ऊर्जा, प्रभात लाभ, शरिष्मा थापा, प्रवेश दाहाल, कमल मगर र रुक्साना कपालीलाई पनि छलफलका लागि बोलाइएको छ।




