
चाँदीको मूल्य एक हप्तामा ११.४४ प्रतिशतले बढेर बिहीबार प्रतितोला ५ हजार ७४५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय औद्योगिक माग बढेसँगै चाँदीको मूल्यमा प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ३१ वैशाख, काठमाडौं।
पछिल्ला दिनहरूमा निरन्तर मूल्य वृद्धि भएको चाँदी बिहीबार प्रतितोला ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको हो। गत बिहीबार चाँदी ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ५ हजार ७१० रुपैयाँमा चाँदी कारोबार भएको थियो।
त्यसैगरी, सुनको मूल्य पनि एक हप्तामा १.३ प्रतिशतले बढेर बिहीबार प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको अनुसार, अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।






