Skip to main content

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईमा पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका सुवास लावतीलाई युएईबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ। सुवास लावतीले वैदेशिक रोजगारीमा सर्बिया पठाइदिन्छु भनी ११ लाख ६१ हजार रूपैयाँ ठगी गरेको आरोप छ। उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल, काठमाडौंमा बुझाइएको छ।

३१ वैशाख, काठमाडौं। वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ३६ वर्षीय सुवास लावती छन्। एनसीकी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ गरिएका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेलगायत प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको हो।

सुवास लावतीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारि सर्बिया पठाइदिन्छु भनी पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेको आरोप छ। उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास र पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासकायिलयबाट २०८२ साउन २६ गते विरुद्ध रेड नोटिस जारी गरिएको थियो। नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको जनाएको छ।