Skip to main content

राखेपले खेल संघहरूलाई १५ असारभित्र दर्ता नवीकरण गर्न निर्देशन, नभए खारेजको चेतावनी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरूलाई असार १५ गतेभित्र आफ्नो दर्ता नवीकरण गर्ने निर्देशन जारी गरेको छ। यदि सो अवधिभित्र नवीकरण नगरेमा प्रचलित कानुन अनुसार खारेज प्रक्रिया अगाडि बढाउने जानकारी राखेपले दिएकाे छ। हाल ७५ दर्ता भएका खेल संघहरूमध्ये ३३ संघले अहिलेसम्म नवीकरण प्रक्रिया पूरा गरेका छैनन्, जसमा नेपाल क्रिकेट संघ (क्यान) पनि समावेश छ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ अनुसार पटक-पटक नवीकरणको सूचना प्रकाशित गरिसकेको भएता पनि त्यसको कार्यान्वयन नभएको बताउँदै असार १५ गतेसम्मको थप समय म्याद दिँदै पुनः सूचित गरेको हो। राखेपले तोकिएको समयभित्र नवीकरण नगरेमा कानुनी रूपमा खारेज प्रक्रिया अघि बढाउने व्यवस्था रहेको स्पष्ट पारेको छ।

राखेपको वेबसाइटमा प्रकाशित सूचनाअनुसार ७५ दर्ता भएका संघहरूमध्ये अहिलेसम्म ३३ संघले दर्ता नवीकरण गराएका छैनन्। तिनमा चर्चित नेपाल क्रिकेट संघ (क्यान) पनि रहेको छ। नवीकरणको लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण तथा कम्तिमा एक राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गरेको प्रमाणपत्र पेश गर्नुपर्ने प्रावधान छ। तथापि, सबै आवश्यक कागजात उपलब्ध गराउन नसक्दा धेरै खेल संघहरूले नवीकरण प्रक्रिया पूरा नगरेको जानकारी राखेपले दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ