Skip to main content

रुस र युक्रेनबीच ४१० जनाको युद्धबन्दी आदानप्रदान

१ जेठ, काठमाडौं । रुस र युक्रेनबीच युद्धबन्दीहरूको आदानप्रदान भएको छ । शुक्रबार दुवै देशमा रहेका २०५–२०५ जना युद्धबन्दीहरू साटासाट गरिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताअघि दुवै देशबीच युद्धविराम सम्भव भएको घोषणा गरेका थिए । रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा युक्रेनबाट २०५ जना रूसी सैनिकहरू स्वदेश फर्किएको जानकारी दिएको छ ।

त्यसैगरी, युक्रेनी पक्षलाई पनि २०५ जना युद्धबन्दीहरू फिर्ता गरिएको मन्त्रालयले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धबन्दी फिर्ता भएको पुष्टि गर्दै अधिकांश युक्रेनी सैनिक सन् २०२२ देखि रूसी नियन्त्रणमा रहेको बताएका छन् । उनले यो आदानप्रदान दुवै देशले झण्डै एक–एक हजार युद्धबन्दीहरू साटासाट गर्ने योजनाको पहिलो चरण भएको बताए । जेलेन्स्कीले पारदर्शी रूपमा एक्समार्फत सार्वजनिक गरेका तस्वीरहरूमा युक्रेन फर्किएका बन्दीहरू आफ्ना परिवार र आफन्तसँग युक्रेनको झन्डा ओढेर खुशी साटिरहेका देखिन्छन् ।