Skip to main content

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्य

धनगढीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालक ३७ वर्षीया प्रभाकर भट्टराईको मृत्यु भएको छ। यो दुर्घटना मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै भएको हो। प्रहरीले जानकारी दिएको अनुसार, नम्बर नखुलेको ट्याक्टरले सुपप्र ०१०१४ प २६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक अछामको मेल्लेख गाउँपालिका–६ घर भएका ३७ वर्षीया प्रभाकर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका छन्।

दुर्घटनापछि ट्याक्टर चालक र सहचालक फरार छन् र प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।