Skip to main content

युक्रेनले मस्कोमाथि एक वर्षयताकै सबैभन्दा ठूलै आक्रमण गर्यो, एक भारतीयसहित ३ जनाको मृत्यु

४ जेठ, काठमाडौं । युक्रेनले रूसको राजधानी मस्कोमाथि एक वर्षयताकै सबैभन्दा ठूलो आक्रमण गरेको छ। युक्रेनले आइतबार राति मस्को शहरमा ड्रोन आक्रमण गरेको हो। रूसी अधिकारीहरूले युक्रेनको आक्रमणबाट एक भारतीयसहित तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्। रूसी सरकारी समाचार एजेन्सी ‘तास’ को अनुसार, यो पछिल्लो एक वर्षमा मस्कोमाथि भएको सबैभन्दा ठूलो आक्रमण हो।

मस्कोस्थित भारतीय दूतावासका अनुसार, युक्रेनको आक्रमणमा परेका मध्ये एक भारतीय नागरिक पनि रहेका छन्। दूतावासले अन्य तीन जना घाइते भएको बताएको छ। युक्रेनले पनि रूसमा गरेको आक्रमणको पुष्टि गरेको बीबीसीले जनाएको छ। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रूसले युक्रेनी सहरहरूमा घातक हमला गरेकाले यसको जवाफमा आक्रमण पूर्णतया जायज भएको बताएका छन्। हालै, रूसले युक्रेनको राजधानी किएभमा ठूलो संख्यामा ड्रोन र मिसाइल हमला गरेको थियो, जसमा परी २४ जनाको मृत्यु भएको थियो।