Skip to main content

आन्ध्र महासागरमा विमान खसेपछि चालक र १० यात्रु उद्धार

समुद्रमा खसेको यात्रुवाहक विमानमा सवार ११ जनालाई जीवितै उद्धार गरिएको छ। संयुक्त राज्य अमेरिकाको फ्लोरिडा तटबाट २८२ किलोमिटर टाढा समुद्रमा विमान खसेपछि ती सबैलाई सुरक्षित रूपमा उद्धार गरिएको हो। नियमित उडानमा रहेको उक्त सानो यात्रुवाहक विमानमा एकपछि अर्को समस्या देखिएपछि अनुभवी पाइलट इअन निक्शनले विमानलाई आन्ध्र महासागरमा खसाले।

ती यात्रीहरू पाँच घण्टासम्म एउटा ‘लाइफ र्‍याफ्ट’मा समुद्रको छालसँगै यताउता बगिरहे। उनीहरूलाई उद्धार गर्न कोही आउने आशा थिएन। तर तालिमका लागि सोही क्षेत्रमा उडेको अमेरिकी वायुसेनाको टोलीले उनीहरूलाई देख्यो र उद्धार गर्‍यो। “उनीहरू सबैको ज्यान बचाउनु ठूलो चमत्कार हो,” उद्धारमा संलग्न सैन्य विमानकी कमान्डर तथा मेजर एलिजाबेथ पिओवटीले बताइन।