
४ जेठ, काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले शैक्षिक परामर्श संस्थाहरूमा नेपाल प्रहरीले सञ्चालन गरिरहेको अनुगमन तथा निगरानी प्रक्रियालाई सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ । साथै, कानून अनुसार प्रक्रिया पुरा गरिसकेका व्यवसायीहरूलाई अनावश्यक समस्याबाट बचाउन संवेदनशीलता र समन्वयका साथ अनुगमन गर्न सरकारसँग अनुरोध गरेको छ । फेकनले आफ्नो धारणा स्पष्ट पार्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ।

