Skip to main content

एनएमबी बैंकका ग्राहकहरूलाई भारतको मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबी बैंकका भिसा डेबिट तथा क्रेडिट कार्डधारी ग्राहकहरूले भारतको मेदान्ता अस्पतालका सेवामा छुट पाउने भएका छन्। मेदान्ता अस्पतालले ओपीडी परामर्श, ल्याब, रेडियोलोजी र प्रिभेन्टिभ हेल्थ प्याकेजहरूमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने व्यवस्था गरेको छ। आईपीडी सेवाअन्तर्गत कोठा भाडा र विभिन्न परीक्षण सेवामा १० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ।

काठमाडौं, ४ जेठ। एनएमबी बैंकका भिसा डेबिट तथा क्रेडिट कार्डधारीहरू भारतको मेदान्ता अस्पतालमा विशेष छुट पाउने भएका छन्। बैंक र मेदान्ता अस्पतालबीचको सहकार्य अन्तर्गत ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा अब आकर्षक छुट लिन सक्नेछन्। बैंकको विज्ञप्तिमा भनिएको छ, ‘ग्राहकहरूले ओपीडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।’ साथै, ‘आईपीडी सेवाहरू अन्तर्गत कोठा भाडा र विभिन्न परीक्षण सेवामा १० प्रतिशत छुट पनि प्रदान गरिनेछ।’

बैंकले बैंकिङ सेवा बाहेक ग्राहकलाई थप सुविधा दिनका लागि यो सहकार्य अघि बढाएको बताएको छ। एनएमबी बैंक देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्स्टेन्सन काउन्टरबाट सेवा दिइरहेको छ।