
‘लोडर’ को बकेटमा बसेर विवाहस्थलतर्फ जाँदै गरेका गाजाका बेहुला र बेहुलीको अनौठो दृश्य केही साताअघि देखिएको थियो। गाजाको शेख रदवान प्रदेशस्थित विवाह स्थलमा जानका लागि बेहुला र बेहुली निर्माण कार्यमा प्रयोग हुने एउटा ‘लोडर’ मा बसेका थिए। यस घटनाको भिडिओ खिच्ने कराम अबु हसनेनका अनुसार, बेहुला निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनको चालक हुन्। सामान्यतया गाजामा बेहुला र बेहुली कारमा बसेर अन्य शव्दहरूको लस्करमा जान्छन्, तर यस घटनामा बेहुलाले आफ्नो रोजाइको सवारीसाधन नै प्रयोग गरेका छन्।

