रूस र चीनले जापानको सैन्यीकरणलाई क्षेत्रीय शान्ति र स्थिरतामा गम्भीर चुनौती बताएका छन्

रूस र चीनको संयुक्त वक्तव्यमा जापानको तीव्र सैन्यीकरणले क्षेत्रीय शान्ति र स्थिरतामा ‘गम्भीर खतरा’ निम्त्याएको उल्लेख गरिएको छ। वक्तव्यमा जापानी सरकारलाई आफ्नो आक्रामक इतिहासबाट सिक्न, दोस्रो विश्वयुद्धको परिणामलाई स्वीकार गर्न र नयाँ सैन्यवाद त्याग्न आग्रह गरिएको छ। ६ जेठ, काठमाडौं। रूस र चीनले संयुक्त वक्तव्यमार्फत जापानको नाम उल्लेख गरी यसको तीव्र सैन्यीकरणले क्षेत्रको शान्ति र स्थिरतामा ‘गम्भीर खतरा’ पैदा गरेको बताएका छन्। ‘हामी जापानी सरकारलाई आफ्नो अमानवीय आक्रामक इतिहासबाट सिक्न, दोस्रो विश्वयुद्धको परिणामलाई पूर्ण रूपमा स्वीकार गर्न तथा नयाँ सैन्यवाद र पुनःसैन्यीकरणबाट परहेज गर्न अनुरोध गर्दछौं,’ वक्तव्यमा भनिएको छ।

