
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा खरिद-बिक्री गर्ने इजाजतपत्र प्राप्त सेन्ट्रल एक्स्चेन्ज काउन्टर प्रालिको अनुमति खारेज गरेको छ। संस्थाले स्वेच्छिक रूपमा अनुमति खारेज गर्न माग गरेपछि केन्द्रीय बैंकले उक्त इजाजतपत्र खारेज गरेको हो। कास्की पोखरा महानगरपालिका–६ मा कार्यालय रहेको उक्त संस्थाले कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्न निवेदन दिएको थियो। नेपाल राष्ट्र बैंकको मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ (चौथो संशोधनसहित) को विनियम २२ अनुसार अनुमति खारेज गरिएको हो। केन्द्रीय बैंकको २० वैशाख २०८३ मा बसेको सञ्चालक समितिको बैठकले सेन्ट्रल एक्स्चेन्ज काउन्टरले दिएको निवेदनमाथि छलफल गरी अनुमति खारेज गर्ने निर्णय गरेको छ।

