
सन्दीप लामिछाने ओडीआई बलिङ रैंकिङमा ६ स्थान सुधारिए
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ रैंकिङमा ३६औं स्थान हासिल गरेका छन्। उनले लिग २ श्रृंखलामा ओमान र यूएई, साथै अमेरिका र स्कटल्यान्डसँग ७ खेलमा १६ विकेट लिएका छन्। सन्दीपले ओडीआईमा १५० विकेट सबैभन्दा कम खेलमा पूरा गर्ने कीर्तिमान पनि कायम गरेका छन्।
६ जेठ, काठमाडौं। आईसीसीले मंगलबारसम्मको प्रदर्शनलाई आधार मानेर बुधबार सार्वजनिक गरेको नयाँ रैंकिङमा सन्दीपले ४२औं स्थानबाट ३६औं स्थानमा उक्लिएका छन्। उनका रेटिङ अंक ५०९ पुगेका छन्। घरेलु मैदानमा सुरु भएको लिग २ श्रृंखलामा उनी उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
ओमान र यूएईसँगको श्रृंखलाका ४ खेलमा उनले ८ विकेट लिएका थिए र किफायती बलिङ प्रस्तुत गरेका छन्। हाल जारी अमेरिका र स्कटल्यान्डसँगको ३ खेलमा पनि उनले ८ विकेट लिइसकेका छन्। स्कटल्यान्डसँगको पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले अमेरिकासँग १ र पुनः स्कटल्यान्डसँग ३ विकेट लिए। यसैक्रममा उनले ओडीआईमा १५० विकेट पुरा गर्दै सबैभन्दा कम खेलमा त्यो उपलब्धि हासिल गर्ने रेकर्ड कायम गरेका छन्।
बलिङ रैंकिङमा ललित राजवंशी १६ स्थान सुधार्दै ५४औं स्थानमा पुगेका छन् भने करण केसी ८ स्थान तल झरेर ९८औं स्थानमा छन्।