
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ तोकेको छ। यस दिन सुनको भाउ १ हजार ८ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। एक सातामा भने सुनको मूल्य ८ हजार ७ सय रुपैयाँले घटेको छ, गत बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९६० रुपैयाँ थियो, जुन आज ५ हजार ५० रुपैयाँमा पुगेको छ। गत बिहीबार चाँदीको मूल्य ५ हजार ७४५ रुपैयाँ थियो।

