Skip to main content
Advertisement1200×100-inside-1

कोशी प्रदेश सरकार छिट्टै कांग्रेसले सम्हाल्ने : विश्वप्रकाश शर्मा

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कांग्रेसले सम्हाल्ने बताएका छन्। शुक्रबार सुनसरीको लौकीमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति शर्माले यो कुरा बताएका हुन्। ‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले छिट्टै गर्नेछ। अहिले यसबारेमा म धेरै बोल्न चाहँदिन,’ उनले भने, ‘तर यति चाहिँ नेपाली भाषामा सबैले प्रष्ट बुझ्ने गरी भन्न चाहन्छु– अब कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले गर्नेछ।’ नयाँ सरकारमार्फत नागरिकलाई नयाँ सन्देश दिँदै अघि बढ्ने उनले दाबी गरे।

Advertisement1200×100-inside-1