Skip to main content

एमाले बैठकमा चार उपाध्यक्षहरूले नेतृत्व परिवर्तनको माग गरेका छन्

८ जेठ, काठमाडौं। एमालेको सचिवालय बैठकमा पार्टीका चार जना उपाध्यक्षहरूले नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग गरेका छन्। उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्तले परिवर्तनको धारणा राखेका छन्। उपाध्यक्ष रामबहादुर थापाले ओलीको नेतृत्वको पक्षमा बोलेका थिए र बैठक स्थगित भएको छ।

बैठकमा उपस्थित पाँच उपाध्यक्षहरूले ओलीबाट पार्टीमा रुपान्तरण हुन नसक्ने निष्कर्षमा पुगेका छन्। उनीहरूले पार्टीको परिवर्तन र पुस्तान्तरणको आवश्यकता औंल्याएका छन्। ‘हामीले परिवर्तनको कुरा गरेका छौं,’ एक उपाध्यक्षले भने, ‘यसबारेमा पार्टीका अन्य नेताहरूले धारणा राख्न बाँकी छ।’ पाँच उपाध्यक्षले बोलेपछि आजको बैठक स्थगित भएको छ।