Skip to main content

रास्वपा महामन्त्री बालेन्द्र शाहको समर्थनमा: केवल संसद्‌मा बोलेर नतिजा नआउने

८ जेठ, पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्नो पार्टीले जनतालाई निराश नबनाउने दाबी गरेका छन्। पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तै बताएका छन्। महामन्त्री बुर्लाकोटीले भने कि नागरिकले चाहेअनुसार शिक्षा, स्वास्थ्य, रोजगार तथा सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम गरिरहेको छ। उनले देशभर रहेका विकृति र विसंगतिका जालहरू भत्काउन नेपाली जनताले रास्वपालाई करिब दुई तिहाइ मत दिएको उल्लेख गरे। विपक्षी दलहरूले जतिसुकै विरोध गरे पनि ती जालहरू भत्काउने काम उनीहरूले गर्ने बताए।

अर्को प्रसङ्गमा उनले जनताको निराशालाई आशामा परिवर्तन गर्न काम गरेर देखाउनुपर्ने र त्यसैले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाह समयमै उपस्थित नभएको बताए। ‘काम गर्ने बेला फोन उठाएर र संसद्मा मात्र बोल्नेले नतिजा निकाल्न सक्दैन,’ उनले भने, ‘काम गरेर देखाउनुपर्छ। त्यसैले कम्तीमा छ महिना पर्खनुहोस्।’ –रासस

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ