Skip to main content

उद्योग वाणिज्य महासंघमा ६ केन्द्रीय सदस्यहरूको मनोनयन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुई महिलासहित ६ केन्द्रीय सदस्यहरू मनोनीत गरेका छन्। मनोनीत हुनेमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहेका छन्। महासंघको विधानअनुसार कम्तीमा दुई महिला सदस्यसहित ७ जना सदस्य मनोनीत गर्न पाइने प्रावधान छ।

अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको हित र देशको आर्थिक विकासका लागि सबै एकजुट हुनुपर्ने बताए। विधानअनुसार एक सदस्य पदमा मनोनयन बाँकी रहेको छ। आजै महासंघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा पनि पदाधिकारीहरू निर्वाचित भएका छन्। नवनिर्वाचित तथा मनोनीत पदाधिकारी र सदस्यलाई अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराएका छन्।

सो अवसरमा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको व्यवसायिक हित र देशको आर्थिक विकासका लागि सबैले मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्। उनले देशभरका उद्योगी व्यवसायीका माग सम्बोधन गर्दै आर्थिक समृद्धि र विकासका लागि महासंघ सक्रिय रहने धारणा व्यक्त गरेका छन्। महासंघको वैशाख २१ र २२ मा सम्पन्न ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनपछि अन्जन श्रेष्ठ महासंघको अध्यक्षमा निर्वाचित भएका हुन्।