Skip to main content

दुई पटक गोल्डेन बल जित्ने मेस्सी मात्र, अरु को-को भए सर्वोत्कृष्ट खेलाडी?

फिफा विश्वकप २०२६ सुरु हुन अब केही साता मात्र बाँकी छ र टोलीहरू तयारीमा व्यस्त छन्। विश्वकपमा उत्कृष्ट खेलाडीलाई गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ र योङ प्लेयर अवार्ड प्रदान गरिन्छ। सन् १९८२ देखि विश्वकपमा गोल्डेन बल र गोल्डेन बुट अवार्ड दिइँदै आएको हो र २०२२ मा लियोनल मेस्सीले गोल्डेन बल जितेका थिए। १० जेठ, काठमाडौं।

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ सुरु हुन अझ केही साता मात्र बाँकी छ। अहिले विश्वकप खेल्ने टोलीहरू तयारीमा व्यस्त छन्। उपाधि कोले जित्ला भनेर सबैमा उत्सुकता छ। उपाधिको चर्चासँगै यस पटक कुन खेलाडिले उत्कृष्ट प्रदर्शन गर्नेछ, को चम्कनेछ, नयाँ तारा को जन्मिनेछ भन्ने जस्ता जिज्ञासाहरू पनि स्वाभाविक रूपमा उठिरहेका छन्।

विश्वकप जस्तो ठूलो मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई जिताउनुको मज्जा नै अलग हुन्छ। यस्तै व्यक्तिगत रूपमा उत्कृष्ट खेलाडी बन्नु पनि महत्वपूणर् हुन्छ। विश्वकप फुटबलमा व्यक्तिगत विधातर्फ पनि विभिन्न अवार्डहरू प्रदान गरिन्छ। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ र योङ प्लेयर अवार्ड राखिएका हुन्छन्।

सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि मात्र विश्वकपमा उत्कृष्ट खेलाडीलाई गोल्डेन बल र सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड दिइन थालिएको थियो। त्यसअघि सर्वाधिक गोल गर्ने र उत्कृष्ट खेलाडी छुट्याइए पनि छुट्टै आधिकारिक अवार्ड दिने चलन थिएन। सन् १९९२ मा पहिलो पटक इटालीका पाओलो रोसीले गोल्डेन बुट र गोल्डेन बल दुबै अवार्ड जितेका थिए।