Skip to main content

त्रिभुवन विश्वविद्यालयले प्राध्यापक र कर्मचारी तीन संस्थाबाट जग्गा फिर्ता पायो, १४ संस्थाले जवाफ दिएनन्

त्रिभुवन विश्वविद्यालयले ३५ दिने अन्तिम सूचना जारी गरेपछि नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघबाट जग्गा फिर्ता पाएको छ। रजिस्ट्रार महानन्द चालिसेका अनुसार त्रिविले १७ वटा संघसंस्थालाई जग्गा खाली गर्न पत्र पठाएको थियो, जसमा ९ वटाले जवाफ पठाएका छन्। त्रिवि क्रिकेट मैदानको उपयोगका लागि नेपाल क्रिकेट संघसँग छोटो अवधिका लागि सहमतिको तयारी भइरहेको छ।

१० जेठ, काठमाडौं। प्राध्यापक र कर्मचारी तीन संस्थाले त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता गरेका छन्। नेपाल प्राध्यापक संघका अध्यक्ष रमेश जोशीले त्रिविको पत्र अनुसार जग्गा फिर्ता गरिएको जानकारी दिए। त्रिवि प्राध्यापक संघका एक सदस्यले पनि जग्गा खाली गरेको पुष्टि गरेका छन्। कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले भने, ‘त्रिविको सामान्य प्रशासनलाई जग्गा खाली गरेको पत्र पठाएका छौँ। सटर भाडामा लिएका पनि खाली गर्न भनिएको छ।’

त्रिविको सामान्य प्रशासन महाशाखाले ४ वैशाखमा अतिक्रमण गरी बसेका संघसंस्थालाई ३५ दिने सूचना जारी गरेको थियो। ३५ दिनभित्र तीन वटाले जग्गा खाली गरेको पत्र पठाएका छन्। रजिस्ट्रार चालिसेले भने, ‘केही संस्थासँग समन्वय भइरहेको छ।’ १४ वटाले भने जवाफ दिएका छैनन्। त्रिविको करिब २ हजार रोपनी जग्गामा विभिन्न संघसंस्थाले प्रयोग गर्दै आएको पाइएको छ। महालेखाको ६३औं प्रतिवेदनले पनि त्रिविको जग्गा संरक्षण गर्न सुझाव दिएको छ।