Skip to main content

सुनको मूल्य तोलामा २ हजार ८ सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतवार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ। सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ। चाँदीको मूल्य पनि १०५ रुपैयाँ घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ। १० जेठ, काठमाडौं।

आइतवार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतवारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत आइतवार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। आज चाँदी १०५ रुपैयाँ घटेसँगै प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो। गत आइतवार ५ हजार ६० रुपैयाँमा चाँदी कारोबार भएको थियो।