
सभापति गगनकुमार थापाले तरूण दलको अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेका छन्। तरूण दलको म्याद समाप्त भई स्वतः विघटन भएकाले विधानअनुसार कोइरालालाई नियुक्त गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताएका छन्। मनिष कोइरालालाई तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्ने ९ बुँदे कार्यादेश सहित जिम्मेवारी दिइएको छ। १० जेठ, काठमाडौं।
तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन्। सभापति गगन कुमार थापाले कोइरालालाई पार्टी आबद्ध भ्रातृ संगठन तरूण दलको अध्यक्ष नियुक्त गरेको जानकारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका छन्। २१ वैशाखमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार सभापति थापाले उनलाई नियुक्त गरेको दुलालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) अनुसार म्याद समाप्त भई तरूण दल स्वतः विघटन भएको र कोइरालालाई अध्यक्ष पदमा नियुक्त गरिएको हो भनी उनले बताएका छन्। त्यसैगरी, तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएको पनि दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

