
१० जेठ, काठमाडौं । नेकपा एमालेका नेताहरूको कार्यविभाजन प्रस्ताव संशोधन गरी पारित गर्ने निर्णय भएको छ। आवश्यक छलफलपछि कार्यविभाजन टुंगो लगाउने जिम्मा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीलाई सुपुर्द गरिएको छ। ‘प्रस्तावित जिम्मेवारीप्रति असन्तुष्टि देखिएको छ। मिलाउनुपर्ने कुराहरू छन्,’ एक पदाधिकारीले भने, ‘महासचिवले थप गृहकार्य गरी सुझावहरू सँगालेर कार्यविभाजन प्रस्ताव टुंगो लगाउने भएको छ।’ एमाले नेताहरूको कार्यविभाजन अघि नै सार्वजनिक भइसकेको थियो। उपमहासचिव लेखराज भट्टले केन्द्रीय सदस्यहरूलाई आगामी चुनावमा केन्द्रित गर्न कार्यविभाजन गरिएको जानकारी दिएका थिए।

