Skip to main content

एभर्टनलाई हराउँदै टोटनहम रेलिगेसनबाट जोगियो

एभर्टनलाई १-० ले पराजित गर्दै टोटनहम हटस्पर इंग्लिस प्रिमियर लिगको रेलिगेसनबाट जोगिएको छ। जितमा जोआओ पालिन्हाले खेलको ४२औं मिनेटमा गरेको गोल निर्णायक रह्यो। यस जितसँगै टोटनहमले ४१ अंक जोड्दै १७औं स्थानमा सिजन समाप्त गर्‍यो। वेस्ट ह्याम, बर्नली र वुल्भ्स भने रेलिगेसनमा परेका छन्।

१० जेठ, काठमाडौं। आइतबार रातिको खेलमा एभर्टनलाई हराउँदै टोटनहमले रेलिगेसन रोक्यो। खेलमा निर्णायक गोल जोआओ पालिन्हाले ४२औं मिनेटमा गरे। त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन। टोटनहमले ३८ खेलमा ४१ अंक जोडेर १७औं स्थानमा सिजन समाप्त गर्यो भने एभर्टन ४९ अंकसहित १३औं स्थानमा रह्यो। टोटनहमभन्दा तल रहेका वेस्ट ह्याम, बर्नली र वुल्भ्स रेलिगेसनमा परेका छन्।