
सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने नेपालको सरकारको निर्णयविरुद्ध स्थानीय बासिन्दा र व्यापारीहरूले जिरोमाइल चोकमा चक्का जाम गरी प्रदर्शन गरेका छन्। सरकारले २१ वैशाख २०८३ को राजपत्रमा सूचना प्रकाशित गरी बरियारपट्टी स्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि यहाँका स्थानीय आन्दोलित भएका छन्।
११ जेठ, सिरहा। सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारले लिएको निर्णयविरुद्ध धनगढीमाई नगरपालिका–९ अन्तर्गत जिरोमाइल चौकमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरूले चक्का जाम गरेका छन्। छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राख्दै उनीहरूले आज प्रदर्शन गरेका हुन्। नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी स्थित छोटी भन्सार कार्यालय बन्द गर्ने जानकारी प्रकाशित गरेको थियो, जसको विरोधमा स्थानीयहरू आन्दोलित भएका छन्। यसअघि पनि २५ देखि २७ वैशाखसम्म चरणवद्ध आन्दोलन गरिएको थियो।

