
सिरहाको जिरोमाइलमा छोटी भन्सार खारेजीको निर्णयविरुद्ध प्रदर्शन
सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने नेपालको सरकारको निर्णयविरुद्ध यहाँका स्थानीय बासिन्दा र व्यापारीहरूले जिरोमाइल चोकमा चक्का जाम गरी विरोध प्रदर्शन गरेका छन्। सरकारले २१ वैशाख २०८३ को राजपत्रमा सूचना प्रकाशित गरेर बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो, जसको विरोधमा स्थानीय जनता आन्दोलित भएका छन्।
११ जेठ, सिरहा। सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयका बिरुद्ध धनगढीमाई नगरपालिका–९ अन्तर्गत पर्ने जिरोमाइल चौकमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरूले चक्का जाम गरेका छन्। छोटी भन्सार खारेजीको निर्णय फिर्ता गराउनुपर्ने माग राख्दै उनीहरूले आज प्रदर्शन गरेका हुन्। नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने जानकारी दिएको थियो, जसको कारण स्थानीयहरू आन्दोलित भएका छन्। यसअघि पनि २५ देखि २७ वैशाखसम्म चरणबद्ध आन्दोलन गरिएको थियो।