Skip to main content

रास्वपा सांसद यज्ञमणिले न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न माग

११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न दबाब दिएका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको सर्वसम्मत बैठकमा न्यौपानेले यस सम्बन्धी आग्रह गरेका हुन्। ‘न्यायाधीशका सम्पत्ति गोप्य राखिने नियमावलीका कारण पारदर्शिता सम्भव छैन,’ सांसद न्यौपानेले स्पष्ट पार्दै भने, ‘अविलम्ब न्यायाधीशहरूको सम्पत्तिलाई वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्छ। साथै न्यायाधीशहरूको सम्पत्तिमा छानबिन पनि हुनुपर्छ।’

स्थानीय तहमा अदालतको व्यवस्था भए पनि कानुन त्यस्तो नभएको उनले जनाए। ‘स्थानीय अदालतको व्यवस्था त छ, तर त्यसलाई सम्बोधन गर्न उपयुक्त कानुन बनेको छैन। स्थानीय अदालत गठन गरी जिल्ला अदालतको क्षेत्राधिकार विस्तार गरेर सर्वोच्च अदालतमाथिको दबाब कम गरौँ,’ उनले जोड दिए।