अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायताको सम्झौता प्रक्रियामा अघि बढ्दै छ

सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायतासम्बन्धी सम्झौताका लागि प्रक्रिया अघि बढाएको छ। नेपालले छिमेकी देशहरू भारत र चीनसँग यसअघि नै यस्तो सम्झौता सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
कानूनमन्त्री सोबिता गौतमले जानकारी दिंदै भनिन्, “मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिकाजस्ता केहि देशलाई अनुरोध पठाइएको छ।”
मन्त्री गौतमका अनुसार, चीन र भारतसँग पारस्परिक सहायताको सम्झौता भइसकेको छ भने बाँकी देशहरूसंग पनि सम्झौता गर्ने प्रक्रिया अगाडि बढिरहेको छ।

