Skip to main content

कजारिया रमेश टायल्सले ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक गर्याे

कजारिया रमेश टायल्सले ‘मिस नेपाल २०२६’ को मुख्य प्रायोजकको रूपमा ‘डाइन विथ द डिभाज’ नामक उपभोक्ता अभियान सार्वजनिक गरेको छ। यो योजना २०८३ जेठ १० देखि २५ गतेसम्म नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा सञ्चालन हुनेछ। ग्राहकले अभियान अवधिभर एउटै पटक कम्तीमा १ हजार वर्गफिट कजारिया टायल्स किनेर यसमा सहभागी हुन सक्नेछन्।

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को प्रमुख प्रायोजक कजारिया रमेश टायल्सले आफ्नो विशेष उपभोक्ता अभियान ‘डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख शहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनर अनुभव लिन एक अविस्मरणीय अवसर प्रदान गर्नेछ। अभियानमा सहभागी हुन ग्राहकहरूले अभियान अवधिभर एउटै पटक कम्तीमा १ हजार वर्गफिट कजारिया टायल्स किन्नुपर्नेछ।

मिस नेपालको क्षेत्रीय अडिसन टूरसँग जोडिएको यो योजना अडिसन हुने सात शहर नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा मात्र लागु हुनेछ। ‘मिस नेपालसँगको हाम्रो साझेदारीले भव्यता र आधुनिक उत्कृष्टतालाई उजागर गर्दछ,’ अभियान शुभारम्भ अवसरमा कजारिया रमेश टायल्सका प्रवक्ताले भने, ‘डाइन विथ द डिभाज मार्फत हामी यो उत्सव ग्राहकसमक्ष सिधै पुर्‍याउन चाहन्छौं।’

कम्पनीले ग्राहकहरूप्रति कृतज्ञताको रूपमा अविस्मरणीय जीवनशैलीको अनुभव प्रदान गर्ने उद्देश्य जनाएको छ। यो अभियान २०८३ जेठ १० देखि जेठ २५ गतेसम्म ती सात शहरका कजारियाका शोरूमहरूमा सञ्चालन हुनेछ। यो अफर अभियान अवधिभित्र गरिएको एकल खरिद बिलमा मात्र मान्य हुनेछ र यसमा सामान्य नियम र सर्तहरू लागु हुनेछ। थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकको आधिकारिक कजारिया शोरूममा सम्पर्क गर्न वा कजारिया रमेश टायल्स लिमिटेडका आधिकारिक सामाजिक सञ्जालहरू भ्रमण गर्न सक्नेछन्।