
१२ जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३०, आलु रातो (लाम्चो) प्रतिकिलो ३०, आलु रातो (गोलो) प्रतिकिलो २७, आलु रातो (भारतीय) प्रतिकिलो २८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६५, बन्दा (लोकल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ५०, रातो मूलाप्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ५० कायम भएको छ ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो ५०, मकै बोडी प्रतिकिलो ८०, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटेसिमी प्रतिकिलो ३५, भटमास कोसा प्रतिकिलो १४०, तीते करेला प्रतिकिल ५०, लौका प्रतिकिलो ५५ रुपैयाँ रहेको छ । परवर (लोकल) प्रतिकिलो ६०, परवर (तराई) प्रतिकिलो ५०, चिचिन्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, भिन्डी प्रतिकिलो ५०, सखरखण्ड प्रतिकिलो ७० र पिँडालु प्रतिकिलो ४० कायम गरिएको छ ।

