Skip to main content

‘सगरमाथाको अन्तिम आरोहण छोरीहरू सँग गर्न चाहन्छु’

‘सगरमाथाको अन्तिम आरोहण छोरीहरू सँग गर्न चाहन्छु’

वर्ष ११औं पटक सगरमाथा आरोहण गरी सबैभन्दा धेरै पटक चुचुरोमा पुगेकी महिला लाक्पा शेर्पा अब आफ्नो अन्तिम आरोहण आफ्ना छोरीहरूसँग गर्न चाहन्छिन्। “मलाई हिमाल निकै मन पर्छ। छोरीहरूसँगै सगरमाथा चढेर मात्रै म सगरमाथाको यात्राबाट विश्राम लिन चाहन्छु,” लाक्पा शेर्पाले बताइन्।

आफ्ना तीन छोराछोरीको हेरचाह गर्ने जिम्मेवारीका कारण केही समय विश्राम लिनु परेको भए पनि अहिले बच्चाहरू हुर्किसकेपछि पुनः निरन्तर सगरमाथा चढ्ने योजना बनाएकी छिन्। “मेरो स्वास्थ्य राम्रो भयो भने म ८० वर्षको उमेरमा पनि सगरमाथा चढ्ने छु,” उनले भनिन्।

सन् २००० मा लाक्पाले सगरमाथा चढ्दा चुचुरोमा पुगेर फर्किने पहिलो नेपाली महिलाको रेकर्ड कायम गरेकी थिइन्। सन् २००३ मा उनले भाइ र बहिनीको साथमा सगरमाथा आरोहण गरी अर्को रेकर्ड पनि राखेकी थिइन्।