प्रधानमन्त्री आज युरोपेली सङ्घ आवद्ध देशका राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्ने

प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार युरोपेली सङ्घमा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्नेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटवार्तामा नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुनेछ। १२ जेठ, काठमाडौं।
प्रधानमन्त्री शाहले मङ्गलबार बिहान ११:३० बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम राखिएको सचिवालयले जनाएको छ। उक्त भेटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने र सहकार्यका विविध पक्षमा छलफल केन्द्रित हुनेछ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए।

