Skip to main content

सिंहदरबारमा होहल्ला गर्दै प्रवेश गरेको आरोपमा एकजनालाई पक्राउ

१२ जेठ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयमा प्रवेश गरी होहल्ला र अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटको साविक मान्म गाउँपालिका–५ घर भई हाल भक्तपुरमा बसोबास गर्ने ३५ वर्षीय उपेन्द्रकुमार शाही रहेको प्रहरीले जनाएको छ। उनी सोमबार साढे ११ बजे पूर्वसूचना नदिइकन पूर्वाधार विकास मन्त्रालय सिंहदरबार प्रवेश गरेका थिए र मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेर अभद्र व्यवहार गरेका थिए।

सचिवको कार्यकक्षमा प्रवेश गरी हुलहुज्जत गर्ने, बाहिर जान सम्झाइबुझाइ गर्दा अश्लील शब्द प्रयोग गर्ने तथा धम्की दिने कार्य गरेको काठमाडौं प्रहरीले बताएको छ। त्यसपछि उनलाई पक्राउ गरी आपराधिक लाभ लिन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ, काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुरमा भट्टराईले जानकारी दिए।