
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट २९ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ। १२ जेठ, काठमाडौं। सरकारले २९ जना सहसचिवहरूको स्थानान्तरण गरेको छ। हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकमा विभिन्न २९ जना सहसचिवहरूको सरुवा गरीएको हो। यस निर्णयसँगै सहसचिवहरूको नयाँ स्थानमा कार्यभार सम्हाल्ने प्रक्रिया सुरु हुनेछ।

