
१२ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रस्ताव गरेका दुई विधेयक प्रतिनिधिसभाबाट पारित भएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३’ पारित गरेको हो । यी दुवै विधेयक प्रधानमन्त्री बालेनले गत वैशाख २५ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले दुवै विधेयक पारित गरेको हो । अब यी दुवै विधेयक राष्ट्रिय सभामा पेश गरिनेछन् । राष्ट्रिय सभाले पनि पारित गरेपछि पुनः प्रतिनिधिसभामा फर्काउँछन् । राष्ट्रिय सभामा भएका संशोधनलाई प्रतिनिधिसभाले स्वीकृत गरेपछि सभामुखमार्फत प्रमाणित गरी राष्ट्रपतिको कार्यालयमा पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यी विधेयकहरू ऐनका रूपमा लागू हुनेछन् ।

