Skip to main content

रोल्पामा हावाहुरीले ढालेको रुखले दुई जनाको मृत्यु

रोल्पा जिल्लाको थवाङमा हावाहुरीले ढालेको रूखले ६० वर्षीया रुजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्रीको मृत्यु भएको छ। थवाङ आधारभूत अस्पतालमा बिरामीलाई भेटेर घर फर्कने क्रममा हावाहुरीसँगै रुख ढलेपछि उनीहरू दुर्घटनामा परेका थिए। दुर्घटनामा घाइते भएकी रुजु घटनास्थलमै मरीन् भने मनबुजीको उपचारका क्रममा पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। १२ जेठ, दाङ।

रोल्पाको थवाङमा हावाहुरीले ढालेको रुखले दुई जनाको मृत्यु भएको खबर रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिएका छन्। मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी रुजु झाँक्री (६०) र सोही स्थानकी मनबुजी झाँक्री (५०) रहेका छन्। उनका अनुसार रुजु घटनास्थलमै मर्नुभयो भने मनबुजीलाई कास्कीको पोखरा तर्फ उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।

दुबै महिला सोमबार बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएको र त्यसपछि घर फर्किने क्रममा बेलुकी पानीसँग आएको हावाहुरीले बाटोमाथिबाट रुख ढालेपछि उनीहरू रुखले च्यापिएका थिए। घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको र घाइतेलाई उद्धार गरिएको थियो।