
कतारको रक्षा मन्त्रालयले प्राविधिक त्रुटिका कारण सैन्य हेलिकोप्टर देशको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ। रक्षा मन्त्रालयले हेलिकोप्टरका चालक दल र यात्रुहरूको खोजी तथा उद्धार अभियान तत्काल सुरु गरिएको जनाएको छ। कतारी अधिकारीहरूले दुर्घटनामा परेका हेलिकोप्टर नियमित ड्यूटिमा रहेको स्पष्ट पारेका छन्।
काठमाडौं। कतारको सैन्य हेलिकोप्टर दुर्घटनामा परेको छ। मध्यपूर्वमा जारी तनावका बीच, कतारको रक्षा मन्त्रालयका अनुसार उक्त हेलिकोप्टर देशको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। मन्त्रालयले प्राविधिक गडबडीका कारण यस्तो घटना भएको बताएको छ। राज्य सञ्चालित सञ्चारमाध्यममा प्रकाशित विज्ञप्तिमा हेलिकोप्टरका चालक दल र यात्रुहरूको खोजी र उद्धार कार्य जारी रहेको उल्लेख गरिएको छ। कतारी अधिकारीहरूले भनेका छन् कि उक्त हेलिकोप्टर नियमित ड्युटीमा रहेको थियो।






