
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान साढे ११ बजेदेखि सिंहदरबारमा बस्ने भएको छ। बजेट प्रस्तुतीकरणको अघिल्लो दिन बोलाइएको यस बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा कसरी प्रस्तुत गर्ने विषयमा गहिरो छलफल हुने कांग्रेसले जनाएको छ। संसदमा बजेट जेठ १५ गते पेश गरिने निश्चित छ।

