
१४ जेठ, सल्यान । सल्यान जिल्लामा अवैध रुपमा तीन थान भरुवा बन्दुक फेला परेको छ। ती बन्दुक सामुदायिक वनमा लुकाइएका अवस्थामा प्रहरीद्वारा बरामद गरिएका हुन्। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१२ मा रहेको चौरस्थित सिद्धगुफा सामुदायिक वनमा वेवारिसे अवस्थामा ती बन्दुक भेटिएका हुन् भने जिल्ला प्रहरी कार्यालय सल्यानले यस बारे जानकारी दिएको छ। सूचना पाएपछि सो क्षेत्रमा खोजतलास गरी ती अवैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले बताए। घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेकाले आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ।

