Skip to main content
सिक्री लुट्ने समूहका ४ जना पक्राउ – Online Khabar

सिक्री चोरी गर्ने समूहका ४ जना पक्राउ

१४ जेठ, काठमाडौं । प्रहरीले सिक्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिशंखुवाखर गाउँपालिका–७ का २९ वर्षीय जनक तामाङ, त्यहीँका ३० वर्षीय साइमन भनिने मनकुमार तामाङ, ललितपुरको कोन्जोसोम गाउँपालिका–५ का २५ वर्षीय उमेश मुक्तान र काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ३० वर्षीय अर्जुन तामाङ रहेका छन्। यी चार जनालाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो। उनीहरूले १३ जेठमा कोटेश्वर हुँदै बल्खु जाँदै गरेको बसमा यात्रु युवतीले लगाएको गलाको सुनको सिक्री चोरी गरेको आरोप लागेको छ। सिक्री चोरी भएको खबर मिल्ने बित्तिकै प्रहरी टोलीले उनीहरूलाई सिक्रीसहित पक्राउ गरेको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ