Skip to main content

विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्किन सभामुखको आग्रह

सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेका छन्। धादिङको सल्यानटारस्थित नृसिंहधाममा आयोजित पुरुषोत्तम महोत्सवमा सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्। १४ जेठ, मलेखु (धादिङ)।

सभामुख अर्यालले त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित एक महिने पुरुषोत्तम महोत्सव अवलोकन गर्न गएका बेला उक्त धारणा व्यक्त गरेका हुन्। उनले कार्यक्रमलाई सम्बोधन गर्दै देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको बताएका छन्।