
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुभएको छ। आगामी आर्थिक वर्षको बजेटमा गृह मन्त्रालयको बजेट करिब आधा कटौती भई १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ कायम भएको छ। रक्षा मन्त्रालयको बजेट भने गत आर्थिक वर्षको तुलनामा केही वृद्धि भई ६४ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ पुगेको छ। १५ जेठ, काठमाडौं।
गृह मन्त्रालयको बजेटमा करिब आधा कटौती गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को बजेट अनुसार गृह मन्त्रालयको कुल बजेट १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ तोकिएको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को बजेटअनुसार गृह मन्त्रालयको बजेट २ खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ थियो। यसै आधारमा हेर्दा गृह मन्त्रालयको बजेटमा करिब आधा कटौती भएको देखिन्छ।
यता रक्षा मन्त्रालयको बजेटमा भने केही वृद्धि भएको छ। शुक्रबार प्रस्तुत भएको बजेट अनुसार रक्षा मन्त्रालयको बजेट ६४ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा रक्षा मन्त्रालयको बजेट ६२ अर्ब १ करोड २१ लाख रुपैयाँ थियो।






