Skip to main content

आजका तरकारी तथा फलफूलका थोक मूल्यहरू

१६ जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्यहरू निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रति किलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रति किलो ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रति किलो २२, गोलभेँडा सानो (टनेल) प्रति किलो ३५, आलु रातो (लाम्चो) प्रति किलो ३२, आलु रातो (गोलो) प्रति किलो २८ र प्याज सुकेको (भारतीय) प्रति किलो ४४ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रति किलो ८०, बन्दा (लोकल) प्रति किलो ४०, काउली स्थानीय प्रति किलो ८०, सेतो मूला (हाइब्रिड) प्रति किलो २०, भन्टा लाम्चो प्रति किलो ६० र भन्टा डल्लो प्रति किलो ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रति किलो ८०, मकै बोडी प्रति किलो ८०, मटरकोसा प्रति किलो १००, घिउ सिमी (लोकल) प्रति किलो ८०, घिउ सिमी (हाइब्रिड) प्रति किलो ६०, घिउ सिमी (राजमा) प्रति किलो १००, भटमास कोसा प्रति किलो १५०, तीते करेला प्रति किलो ५०, लौका प्रति किलो ७० रुपैयाँ रहेको छ । परवर (लोकल) प्रति किलो ७०, घिरौँला प्रति किलो ४०, फर्सी पाकेको प्रति किलो ६०, हरियो फर्सी (लाम्चो) प्रति किलो ५५, हरियो फर्सी (डल्लो) प्रति किलो ४०, भिन्डी प्रति किलो ६०, सखरखण्ड प्रति किलो ८० र पिँडालु प्रति किलो ४०, स्कुस प्रति किलो ९० कायम गरिएको छ ।

रायोसाग प्रति किलो ८०, पालुङ्गो प्रति किलो १००, चमसुरको साग प्रति किलो १००, मेथीको साग प्रति किलो १००, हरियो प्याज प्रति किलो १२०, च्याउ (कन्य) प्रति किलो ३००, च्याउ (डल्ले) प्रति किलो ५००, राजा च्याउ प्रति किलो ३२० र सीताके च्याउ प्रति किलो १,००० निर्धारण गरिएको छ । कुरिलो प्रति किलो ३५०, न्युरो प्रति किलो ८०, चुकन्दर प्रति किलो ६०, सजीवन प्रति किलो १२०, रातो बन्दा प्रति किलो ५०, जिरीको साग प्रति किलो १००, सेलरी प्रति किलो १३०, पार्सले प्रति किलो २२७, सौफको साग प्रति किलो १००, पुदिना प्रति किलो १५०, मैक हरियो प्रति किलो ५०, इमली प्रति किलो १८०, तामा प्रति किलो १४०, तोफु प्रति किलो १६० र गुन्द्रुक प्रति किलो ३५० तोकिएको छ । स्याउ (फुजी) प्रति किलो ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, अनार प्रति किलो ४५०, तरबुजा (हरियो) प्रति किलो ४०, भुइँकटहर प्रति किलो २००, कागती प्रति किलो २२७, काँक्रो (लोकल) प्रति किलो ६०, काँक्रो (हाइब्रिड) प्रति किलो २०, काँक्रो (लोकलक्रस) प्रति किलो ५५, खकटहर प्रति किलो ६०, मेवा (नेपाली) प्रति किलो ९०, मेवा (भारतीय) प्रति किलो १०० र लिची (लोकल) २५०, लिची (भारतीय) ३००, निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रति किलो १४०, सुकेको खुर्सानी प्रति किलो ५५०, खुर्सानी हरियो (लाम्चो) प्रति किलो ६०, खुर्सानी हरियो (बुलेट) प्रति किलो ६०, माछे खुर्सानी प्रति किलो ५०, भेडेखुर्सानी प्रति किलो ५५, हरियो लसुन प्रति किलो २०० रुपैयाँ रहेको छ । हरियो धनियाँ प्रति किलो १००, लसुन सुकेको (चाइनिज) प्रति किलो १८०, लसुन सुकेको (नेपाली) प्रति किलो १३०, छ्यापी सुकेको प्रति किलो १६०, ताजा माछा (रहु) प्रति किलो ३४०, ताजा माछा (बचुवा) प्रति किलो ३०० र ताजा माछा (छडी) प्रति किलो २६० निर्धारण गरिएको छ ।