
१७ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको रास्वपा सभापतिमा सीता ज्ञवाली पुनः विजयी भएकी छन्। उनले सभापतिका प्रत्यासी सुभाष गैरेलाई ७९ मतले पछि पार्दै पुनः सभापतिमा चयन भएकी हुन्। ज्ञवालीले ३३५ मत प्राप्त गरेकी छन् भने गैरेले २५६ मत पाएका छन्। सीता संस्थापन कालदेखि नै महानगर सभापतिमा रही आएकी छन्। यसपटक पनि उनलाई सर्वसम्मत बनाउन प्रयास गरिएको थियो, तर गैरेले सभापतिमा दाबी गरेपछि निर्वाचन भएको हो, जसमा प्रतिनिधिहरूले सीतालाई पुनः चयन गरेका छन्।
उपसभापतिमा दिवाकर श्रेष्ठ ३६६ मतसहित विजयी भएका छन् भने अर्की प्रत्यासी इन्दिरा बरालले २०९ मत प्राप्त गरिन्। सहसचिव पदमा शिवराज सुवेदी ४२६ मतसहित विजयी भएका छन्, जबकि बोधननाथ सुवेदीले १३० मत पाएका छन्। सदस्यमा सुनिता तिवारी, इन्दिरा अर्याल, गीता रायमाझी, उषा शर्मा, शान्तिमाया थापा क्षेत्री, एन्जिला अधिकारी, सिता कुमारी पौडेल, सन्त कुमारी चापागाईं र संगिता बराली चयन भएका छन्। यसैगरी अनिल जिसी, नन्दप्रसाद भट्ट, दयाराम सुवेदी, नरसिंह भण्डारी, यामलाल उपाध्याय, सुमन सुवेदी, भरत घिमिरे पनि सदस्यको रूपमा निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधिहरूमा ध्रुव केसी, निर्देश श्रेष्ठ र डिल्लीराज भण्डारी चयन भएका छन्।






