
सशस्त्र प्रहरी जवान सहित दुई जना डडेल्धुरादेखि बेपत्ता
डडेल्धुराको परशुराम नगरपालिका–५ बाट शुक्रबारदेखि सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता भएका छन्। बेपत्ता भएका व्यक्तिहरूमा सशस्त्र प्रहरी बलमा कार्यरत ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। महाकाली नदीको किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेपछि, नदीमा बगेको आशङ्का गर्दै खोजी कार्य सुरु गरिएको छ। १७ जेठ, अमरगढी (डडेल्धुरा)।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर छन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार दुवै जना शुक्रबारदेखि सम्पर्कविहीन छन् र उनीहरू मामाघरका सम्बन्धी हुन्। महाकाली नदीको किनारमा उनीहरूले प्रयोग गरेको ट्युब भेटिएपछि नदीमा बगेका हुन् भन्ने आशङ्कामा खोजी सुरु गरिएको उनले जानकारी दिए।