Skip to main content

भारतीय जनता पार्टीले रवि लामिछानेको भारत भ्रमणको औपचारिक जानकारी सार्वजनिक गर्‍यो

१८ जेठ, काठमाडौं । भारतीय जनता पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणको औपचारिक जानकारी सार्वजनिक गरेको छ। भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा. विजय चौथाइवाले आइतबार प्रेस विज्ञप्ति जारी गरी भ्रमणको विवरण सार्वजनिक गरेका छन्। लामिछानेको भारत जाने कार्यक्रम भोलि तय गरिएको छ।

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणा अनुसार उक्त प्रतिनिधिमण्डल भ्रमणमा जान लागेको डा. चौथाइवाले बताएका छन्। सभापति लामिछानेसहितको टोली नयाँ दिल्लीमा भाजपा अध्यक्ष नितिन नवीन तथा पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। विज्ञप्तिमा उल्लेख छ कि रास्वपा र भाजपा बीच दलगत सम्बन्ध र संवादको सुरुआत गर्ने, साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले यो भ्रमण आयोजना गरिएको छ।