
दाङको तुलसीपुरमा सोमबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि लमहीका ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मीनराज नेपालीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मृतकका श्रीमती ३४ वर्षीय अमृता नेपालीलाई शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। १८ जेठ, दाङ।
दाङको तुलसीपुरमा भएको टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये लमही नगरपालिका–५ का ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेका छन्। सो दुर्घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएकी छन्। सोमबार बिहान ६ बजे तुलसीपुरको गुल्म चोकमा रा१ख २१९२ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको रा४प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक होमराज पराजुलीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे छ।






