Skip to main content

विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

१८ जेठ, काठमाडौं । विपक्षी दलहरूले सांसद् बैठक अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राख्दै विपक्षीहरूले संसद् बैठकमा अवरोध गरेका थिए। विपक्षी दलको अवरोधपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका छन्।