Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मधेश प्रदेशसभाअगाडि प्रदर्शन: लाज लाग्दैन, नयाँ कमला पुल कहिले सुरु हुन्छ?

Advertisement800×200-1

१८ जेठ, काठमाडौं । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुलको निर्माणका लागि बजेटको माग गर्दै स्थानीयवासीहरुले प्रदर्शन गरेका छन्। सोमबार मधेश प्रदेशसभाको अगाडि आयोजित प्रदर्शनमा आन्दोलनकारीहरुले ‘लाज लाग्दैन, नयाँ कमला पुल कहिले सुरु हुन्छ?’ भन्ने नारा सहित आवाज उठाएका छन्। प्रदर्शनमा ‘कहिलेसम्म संघ सरकारको मुख हेरेर बस्ने?’ र ‘प्रदेश सरकार हो कि संघ सरकारको शाखा हो?’ जस्ता नारा लेखिएका ब्यानरहरु पनि देखिएका थिए।

हुलाकी–कमला संघर्ष समितिका संयोजक इन्जिनियर प्रविणकुमार यादवले कमला पुल निर्माणका विषयमा प्रदेश सरकारले देखाएको गैरजिम्मेवार अभिव्यक्तिपछि आन्दोलन गर्न बाध्य भएको बताए। उनले भने, “पहिले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापनपत्र बुझाउन गएका थियौं, तर गैरजिम्मेवार जवाफ प्राप्त भयो।” यादवका अनुसार मुख्यमन्त्रीले भनेका थिए, “कहाँबाट कमला पुल बनाइदिनु? आफ्नो सम्पत्ति बेचेर पुल निर्माण गरिदिनु?”

संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी सडकअन्तर्गत आठ वटा पुल निर्माणका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ। तथापि, पुनर्निर्माणको चरणमा रहेको कमला पुललाई समावेश नगरिएपछि स्थानीयवासीले आन्दोलनमा उत्रिएका छन्। उनीहरूले अब प्रदेश सरकारले बजेटमा कमला पुल समावेश गर्नुपर्ने माग गरेका छन्। नभए चरणबद्ध आन्दोलन गर्दै सशक्त रूपमा अघि बढ्ने चेतावनी पनि दिएका छन्। १५ वर्षअघि निर्माण शुरु भएको कमला पुल २०७८ सालको बाढीबाट क्षति पुग्दा पुनर्निर्माणमा प्रगति हुन सकेको छैन।


Advertisementadv-800×200.png

सम्बन्धित खबर